बुटवल-ई-सेवा समाज नेपाल ५ न प्रदेश बुटवल रुपन्देहिले जातीय छुवाछूत मुक्त राष्ट्र घोषणलाई कालो दिनको रुपमा मनाएको छ ।
नागरिक समाजको तर्फबाट संस्थाका अध्यक्ष एस. बि. खडका(सुनिल टकराव)को अध्यक्षतामा जातीय छुवाछूत मुक्त राष्ट्र घोषणलाई कालो दिनको रुपमा मनाएको हो।
छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १४बर्ष पुरा भैसक्दा पनि राज्यबाट कानुनको प्रभावकारी कार्यन्वयन नहुदा रास्ट्रमा समस्या जस्ताको त्यस्तै रहेको हुँदा राज्य यस मुद्दामा गम्भीर हुनका लागि आग्रह गर्दै यसलाई कालो दिनको रुपमा लिएको बताउनुभयो।
धार्मिक ,सास्कृतिक र सामाजिक मुल्यमान्यतामा परिमार्जित नगर्दासम्म राज्यले परिकल्पना गरेको स्वस्थ र सभ्य समाज प्राप्त गर्न नसकिने बताउदै उहाले रास्ट्रले जातिय छुवाछूत मुक्त रास्ट्र घोषणा गर्नुभन्दा ,जातजाति भित्र रहेको बिद्यमान जातिय ब्यबस्थाको बिरुद्ध जातिय विभेद मुक्त राष्ट्र घोषणा गर्दै जातबिहिन समाजको परिकल्पना पूरा गर्नका लागि समेत राज्यलाई ध्यानाकर्षण गराउनुभयो।
त्यस्तै संस्थाका बरिष्ठ उपाध्यक्ष चन्द्रमान मल्ल (अबतार)ले देशमा जातीय बिभेद्का आधारमा जातिय छुवाछूत जस्तो निन्दनीय व्यबहार र जघन्य अपराधहरु दिनानुदिन बढ्दै गैरहेको अबस्थामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउनुको कुनै औचित्य नभएकोले यो दिनलाई कालो दिनको रुपमा मनाउन आफुहरु बाध्य भएको बताउनु भयो।

उक्त अवसरमा संस्थाका बरिष्ठ सल्लाहकार ईन्द्र रिजालले यथास्थिति मा रहेर रास्ट्रका आम नेपालीले विभेद मुक्त समाज प्राप्त गर्न नसक्ने ठोकुवा गर्नुभये।यदि राज्यले यसलाई गम्भीर रुपमा नलिए समस्या अन्तर्राष्ट्रियकरण गरेरै भए पनि यो समस्या समाधान सदैका लागि गर्नुपर्ने बताउनु भयो।
अर्का सल्लाहकार भुवनसिङ विस्वकर्माले दलित शब्द सिङ्गो रास्ट्रलाई अभिशाप भएको धारणा व्यक्त गर्दै बैज्ञानिक समाजको खोजी गर्न राज्यलाई अपिल समेत गर्नुभयो।
लायन्स कल्व अफ विश्वदिपका पुर्ब अध्यक्ष ईमानसिङ जि .आर.ले अझै देशमा छुवाछूत अन्त्य नभएको हुँदा अहिलै यो दिबश मनाउनुको अर्थ नरहेको प्रष्ट पार्नुभयो।कार्यक्रमको संचालन संस्थाका महासचिव अमृत कुमार बेवारेले गर्नुभएको थियोे ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्