प्रदेश ५ मा ५६ संक्रमित २४ घण्टादेखि क्वारेन्टाइनमा, ९६५ संक्रमित हुंदा ४ जनाको मृत्यु

प्रदेश ५ मा ५६ संक्रमित २४ घण्टादेखि क्वारेन्टाइनमा, ९६५ संक्रमित हुंदा ४ जनाको मृत्यु

बुटवल ।
प्रदेश नम्बर ५ को ३ वटा प्रयोगशालामा परिक्षणका लागि संकलन गरिएको २० हजार ४ सय ३६ स्वाव परिक्षणबाट ९सय ६५ जनामा कोरोना पुष्टी भएको छ । अहिले सम्म परिक्षण गरिएको नमुनामा १४ हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश ५ मा ४ हजार ७ सय ५३ जनाको रिपोर्ट आउन बांकी रहेको प्रदेश स्वास्स्थ्य निर्देशनालयले जनाएको छ निर्देशनालयका अनुसार केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्ट सहित प्रदेश ५ मा ९ सय ७० संक्रमित पुष्टी भएकोमा ४ जनाको मृत्यु भएको छ भने १ सय १७ जना निको भएर घर फर्केका छन् । प्रदेशमा ८ सय ४९ जनाले बिभिन्न कोरोना अस्पतालहरुमा स्वास्थ्य लाभ लिईरहेका छन् ।
प्रदेशमा तयार गरिएका १ हजार ६ सय ४८ क्वारेन्टाइनमा ३९ हजार २२० जनालाई राखिएको छ । ४ वटा आईसोलेसन अस्पतालमा २०९ जनाको उपचार भएकोमा १०४ जना निको भएर घर फर्केका छन् भने १०६ जना अस्पतालमै स्वास्थ्य लाभ गरिरहेकाछन् । प्रदेशमा रहेको आइसोलेसन सेण्टरमा ६७५ जनाले सेवा लिएकोमा १३ जना निको भएर घर फर्केका छन् भने ६६२ जना उपचारत छन् ।
त्यसैगरि प्रदेशमा सरकारकारी र निजी समेत गरी ४८ वटा अस्पतालमा २६ जना आशंका गरिएकाहरुको उपचार भईरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रकाशित सुचना अनुसार ५६ जनाको कहां उपचार भईरहेको छ भन्ने तथ्यांक उल्लेख गरिएको छैन ।
५६ जना संक्रमितहरु अहिले पनि क्वारेन्टाइनमै रहेकाछन् । उनीहरुलाई आइसोलेसनमा सार्ने तयारी भईरहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिएका छन् ।
प्रदेश ५ मा सबै भन्दा बढी कपिलवस्तुमा ४७५ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij