काठमाडौं ।
शनिबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । डोल्पाका एकजना ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पामा गत जेठ २१ गते राति २ बजेतिर एकजनाको मृत्यु भएको छ ।
५८ वर्षीय पुरुष १६ गते सुर्खेतबाट गएर १८ गतेदेखि क्वारेन्टिनमा थिए । उनी दमको रोगी भनेर जानकारी प्राप्त भएको देवकोटाले जानकारी दिए । त्यसैगरी मिर्गौलाको समस्या भएकी महिलाको धनगढीको सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्