लकडाउन खुलेको २ महिनापछि मात्रै कर लिन उद्योगी–व्यावसायीको माग

लकडाउन खुलेको २ महिनापछि मात्रै कर लिन उद्योगी–व्यावसायीको माग

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले लकडाउन पूर्णरुपमा खुलेको दुई महिना पछि मात्र कर दाखिला गर्न सकिने जनाएको छ । सरकारले यसअघि भ्याट, अन्त शुल्क र अग्रिम आय कर जेठ २५ सम्म दाखिला गर्न सूचना जारी गरेसंगै चौतर्फी आलोचना भएपछि असार ७ गते र १५ का लागि म्याद तोकेको थियो । तर उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले लकडाउनको मोडालिटी कस्तो हुने भन्ने निश्चित नभइसकेकाले उक्त म्यादमा पनि कर दाखिला गर्न नसकिने भन्दै लकडाउन पूर्णरुपमा खुलेको २ महिनापछि मात्र तिर्ने व्यवस्थाका लागि सरकारसंग माग गरेको छ ।

प्रदेश समितिको वैठकले तीन महिना लामो लकडाउनले साना तथा मझौला व्यवसायी, शिक्षा, पर्यटन,यातायात र मनोरन्जन क्षेत्रका व्यवसाय बढी मारमा परेकाले लकडाउनको मोडालिटी परिवर्तन गरी खुकुलो बनाउन पनि सरकारसंग माग गरेको छ । लामो समयको लकडाउनका कारण उद्योग–व्यवसाय सञ्चालन गर्न नपाएको र सर्वोच्च अदालतले समेत लकडाउन अवधिलाई शुन्य समय भनेकोे हुंदा लकडाउन अवधिभरको बैंक ब्याज मिनाहा गर्न र लकडाउन खुलेपछि पनि केही समयका लागि बैंक ब्याज दर कम गर्न सरकारसंग पहलका लागि वैठकले माग गरेको महासंघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले बताए । स्थानीय तहहरुले लिने व्यवसाय कर पनि लकडाउन अवधिको छुट गर्न महासंघले माग गरेको छ । लकडाउनका बीचमा सरकारले ४२ प्रकारका उद्योग–व्यवसाय खोल्न पाउने निर्णय गरे अनुसार उक्त समय सीमा भित्र खुलेका उद्योग–व्यवसायहरु बन्द गर्ने समयमा सुरक्षाकर्मीले व्यवसायीमाथि अभ्रद व्यवहार गरेकाले सुरक्षाकर्मीको व्यवहार सुधार गराउन पनि महासंघले सरकारसंग माग गरेको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij