भिम अस्पतालका विरामी र स्वास्थ्यकर्मीलाई नेविसंघ द्धारा निशुल्क खाना वितरण

भिम अस्पतालका विरामी र स्वास्थ्यकर्मीलाई नेविसंघ द्धारा निशुल्क खाना वितरण

भैरहवा -नेपाल विद्यार्थी संघ (नेविसंघ) सिद्धार्थनगर नगर समितिले भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी तथा विरामीलाई निशुल्क खाना खुवाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको बेला फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित विरामी गरी ८० जनालाई खाना खुवाइएको नेविसंघ सिद्धार्थनगर नगर समिति सभापति प्रतिक भण्डारीले बताए का छन ।
महामारीको बेला काम गरिरहेका स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित विरामीको आत्मबल बढाउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाना खुवाइएको कार्यक्रम संयोजक तथा नेविसंघ सिद्धार्थनगरका सचिव ओजश शर्माले बताएका छन ।
लकडाउनको घोषणा ले अहिले अस्पतालमा उपचार गराइरहेका विरामी र विरामी कुरुवा पनि प्रभावित भएका छन् । लकडाउनका कारण घरबाट खाना अस्पतालसम्म पु¥याउन पनि समस्या रहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नेवि सघ सिद्धार्थनगरले यसरी निशुल्क खाना खुवाएर पुन्य को काम गरेको संविधानसभा सदस्य तथा कांग्रेस महासमिति सदस्य इस्तियाक अहमद खानले बताएका छन । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ सभापति मातृका यादव, पार्टी क्षेत्र नम्बर ३ का सचिव शुशिल गुरुङ, कांग्रेस क्षेत्र नम्बर ३ (१) का सभापति पुरन प्रसाद श्रेष्ठ, ३ (१) का सचिव लेखनाथ भट्टराई, रुपन्देही जिल्ला सदस्य विष्णु थापा, सिद्धार्थनगर का नगर सभापति दिलिप धिताल लगायतको उपस्थिति रहेको थियो ।अस्पतालमा बनाइएको कोरोना विशेष आइसोलेसन कक्षमा हाल २७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको भीम अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij