बुटवल– रुपन्देहि जिल्लाको तिलोत्तमामा ३ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३५ र६२ बर्षका पुरुष र ४४ बर्षका महिलामा कोरोनाको पुष्टि भएको हो । उनी केही समयअघि भारतबाट आएका हुन् ।
उनिहरुको स्वाब संकलन गरी आर. डि. टि. परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर जाँच गरिएका तीन जनामा कोरोना पुष्टि भएको तिलोत्तमा स्वास्थ्य शाखा प्रमुख इश्वरी पौडेलले जानकारी दिनुभयो ।संक्रमितलाई तिलोत्तमा नगरपालिकाको आइसोलेसन सेन्टरमा राखिएको छ। यो संगै रुपन्देहिमा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्