भ्रष्टचारीलाई नछोड्ने कि?

भ्रष्टचारीलाई नछोड्ने कि?

नेपाल भस्ट्राचार सुचिमा

अग्रपंक्तिमा आउदै छ,

अनि सिधा-सोझा जनताको

घरमा चुलो बल्न पनि

प्रतिदिन धौधौ छाउदै छ;

सबै भ्रष्ट भैसके देशमा

उचित छानबिन अनि

कारबाही भने बनेन;

भोको पेट बसिरहेका

जनताको संहारको लागि

कुनै नितिनियम नै बनेन

जनताको भलो गर्छौ भनी

नेत्तृत्व गर्ने, कर्ता नै

भस्ट्राचारि लिस्टको अगाडि

देखिन थालेछन,

१५ लाखको बजेटमा १०

लाखले पेट मिची ५ लाख

जनताको सामु ‘यत्तिनै मात्र

छ है” भनि राखेछ्न।

गासबाँस गर्न गाह्रो भो,

मजदुरी गर्छु भन्ने जोश

ल्याउछन पल्ला घरे साईला

बा,

५०० पाउनुपर्नेमा २०० मात्र

पाउदा गुनासो गर्छन साईला

बा।

सुन्ने पो कस्ले ती हजारौ

साईला बा को आवाजहरु,

चुन्ने पो कसरि अनि कस्ले

असल अनि ती सच्चा

प्रतिनिधिहरु

भ्रष्टाचारको मुद्दा लागेका

एक नेता दोस्रो दिनमै

छुटेछन,

के थाहा प्रहरीलाई नै घुस

ख्वाई आफ्नो कालो धनको

रक्षा गर्न जुटेछन।

तपाईंको समृद्धको लागि

काम गर्छौ भन्नेहरु

आज आफ्नो फाईदा मात्र

वास्ता गर्दैछन,

जनताको पेट भोको

रहिरहदा आज ती भ्रस्टे नेता

आफ्नो पेटमात्र मात्र

भर्दैछन।

अब त जाग न हो, तिमि।

अब आफ्नो फाईदा मात्र

नहेरेर देशको अवस्था हेर न

हो,तिमी ।

जनताको भरोसा पाएका

तिमि

, एकचोटि आफू जनता बनेर

नै सोच न हो तिमि,

तिमिले भस्ट्राचार गर्दा

कयौको गाँस सकिएको छ,

कयौको देशविकास होला

भन्ने आश सकिएको छ,

अनि साईला दाइ जस्ता

हजारौं स्वरुपको जिउने

आधार सकिएको छ;

आफू ठुलो पदमा गईसकि

पनि किन अझै लालच गर्छौ?

सुनेका पक्कै हौला, लालचले

मान्छे मार्न समेत सक्छ,

अनि तिमिजस्तो भ्रष्टेलाई

आफ्नो औकातमा झार्नपनि

सक्छ,

अब साईला दाइ जस्ता

हजारौं स्वरुपको जिउने

आधार रक्षा गर्न हामी खडा

हुनुछ,

भस्ट्राचारीलाई सजायको

भागिदार बनाउन, हामी सबै

लागीपर्नुछ;

किनकी देश बिकाश

रोकिएको छ,

दैनिक ज्यालादारीबाट हुने

आम्दानी सकिएको छ।

गरिबको गाँस,बाँस,कपास

लोप हुने देखिएको छ,

अनि धनी अझै धनी अनि

गरिबको लागि जिउने बाटो

समाप्त हुने देखिएको छ।

त्यसैले सरकार अब तिमी

उठने बेला भैसकेको छ,

अब तिमिपनि साईला दाइ

जस्ता हजारौं पात्रको

अपनोत्व रक्षा गर्न जुट्ने बेला

भैसकेको छ।

जनताको पैसा लुट्नेलाई

अब सामुन्ने ल्याउने बेला

भैसकेको छ,

भ्रष्टेलाई कानुनी कारवाही

साथसाथै,

जनताको पसिनाको कमाई

अब आफ्नै देशमा भेट्नेबेला

भैसकेको छ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij