JanataToday.com

Advertisment

SKIP THIS

१० अर्ब खर्चको हिसाब चाहिन्छ: गगन थापा

१० अर्ब खर्चको हिसाब चाहिन्छ: गगन थापा

काठमाडौँ
प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै सांसद गगन थापाले सरकार कोरोना रोकथाममा असफल भइसकेको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबारको बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा ९ अर्ब ८७ करोड खर्च भएको बताएका थिए ।
१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन रु,ु थापाले भने । मन्त्रालयमा भएको अनियमिततामा एउटा कर्मचारीलाई सरुवा गरिएका भरमा संसद्ले उन्मुक्ति दिन नसक्ने उनको भनाइ थियो ।
सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्, अदालत, नागरिक, विज्ञका कुरा नसुनेकाले कोरोना भाइरसले महामारीको रूप लिन लागेको बताए । ुसरकारले संसद्मा छलफल भएको सार्वजनिक महत्त्वको प्रस्ताव र सांसदले दिएका सुझाव, संसद्, अदलत, प्रेस, नागरिक कसैका कुरा सुनेन । यो सबै नसुन्दा आजको अवस्था आएको छ,’ उनले भने, ‘सरकारलाई काम गर्न अदालत, संसद्, नागरिक, प्रेस कसले रोकेको हो कसैले रोकेको होइन, प्रधानमन्त्री ओलीको अकर्मण्यताले रोकेको हो ।ु
सरकारले नेपालमा कोरोनाबाट मृत्यु भएका भनी दिएको संख्यामा समेत थाापले प्रश्न उठाए । नेपालबाहिर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १२७ रहेको बताउँदै सरकारले सही तथ्यांक नदिएको उनको भनाइ थियो । उनले सुत्केरीले अस्पताल जान नपाएर मृत्यु भएको, क्वारेन्टाइनमा ज्यान गएकाको, भोकले मृत्यु भएका र आत्महत्या गरेकाको जिम्मा कसले लिने भन्दै सरकारसँग जवाफ मागे । थापाले क्वारेन्टाइनको अवस्था नाजुक रहेकोबारे पनि सरकारलाई सचेत गराएका छन् ।

कोरोना परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले दिएको आदेशको सरकारले अवज्ञा गरेको भन्दै सांसद थापाले आलोचना गरे । ुपरीक्षण गर्न बन्द गरिदिने अनि नेपाललाई कोरोनामुक्त भन्दिने रु,ु उनले भने ।

संसदीय समितिहरू र सर्वोच्च अदालत, विज्ञहरूले आरडीटी विधिबाट परीक्षण कम गर्न भनेको अवस्थामा स्वास्थ्य मन्त्रालयले त्यसलाई अटेरी गरेकोमा पनि थापाले जवाफ मागेका छन् । ुआरडीटी परीक्षण विश्वसनीय छैन भनेर विज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि र नेपालको संक्रमणको अवस्थालाई थेग्दैन भन्दा पनि जबर्जस्ती आरडीटी परीक्षण गर्ने अपराधको जिम्मा कसले लिने रु,ु थापाले भने ।

त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएकाको परीक्षण नगर्ने निर्णय किन गरियो भनेर पनि कांग्रेसले सरकारको जवाफ मागेको छ । विदेशमा अप्ठ्यारोमा परेका नागरिक उद्धार गर्ने भनिए पनि अहिले कुन एयरलाइन्सबाट ल्याउने भन्ने विवादमा सरकार अल्मलिएकोमा कांग्रेसले आलोचना गरेको छ ।

सांसद थापाले सरकारले अर्थतन्त्रलाई अगाडि बढाउन कदम नचालेको बताउँदै भने, ुकृषक, मजदुर, साना र ठूला उद्योगीले प्रधानमन्त्रीको गीतबाट राहत पाउँदैनन्

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिलाई संसद्ले नचिन्ने भन्दै थापाले संसद्मा चिनाउन पनि माग गरेका छन् । पोखरेलले संसद्मा आएर जवाफ दिनुपर्ने थापाको भनाइ थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij