काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल(भारत सीमामा गरिएका भारतका एकतर्फी गतिविधिले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको बताएका छन् ।
मंगलबारको विनियोजित बजेटका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भने,भारतले समाधान हुन बाँकी रहेका भनेर स्वीकार गरेको कालापानी(लिपुलेक क्षेत्रमा एकर्तफी गतिविहरु जारी राखेको कुरालाई नेपालले गम्भीरतापूर्वक लिएको छ । भारतले २ नोभेम्बरमा नक्सा जारी गरिसकेपछि पनि पटक(पटक वार्ताको प्रस्तावित मिति पठाउँदा पनि कुनै जवाफ नदिएर ८ मेमा सडक उद्घाटन गरेको छ । यसले नेपालको सार्वभौमसत्ताको अवमूल्यक गरेको सरकारले निष्कर्ष निकालेको छ ।उनले भारतका यस्ता गतिविधिहरु अन्तर्राष्ट्रिय सीमा कानुन र कुटनीतिक मान्यता विपरीत रहेकोसमेत बताएका छन् ।उनले भने,पहिला नक्सा परिवर्तन गर्दै सीमा धकेल्दै जाने, पछि परिबन्ध सिर्जना गरेर सेना तैनाथ गर्ने र समयक्रमसँगै स्थायी संरचनाहरु निर्माण गर्ने र यस्तै हुँदै आएको थियो भन्ने मान्यताले अहिलेको सीमा समस्या उत्पन्न गरिएको हो । नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि पटक(पटक प्रयास गर्दा पनि सुस्ता र कालापानी क्षेत्रको समस्या समाधान गर्न सकेन ।ू
भारतीय कूटनीतिज्ञ तथा भारतीय सेना प्रमुखले नेपालले कसैको उक्साहटमा लागेको भन्ने आरोपको खण्डन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो राष्ट्रिय हितको पक्षमा बोल्दा कसैको अहित नहुने बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ूआफ्नो राष्ट्रिय हितको पक्षमा बोल्नु भनेको कसैको अहित गर्नु होइन । विश्वासको जगमा मात्रै सम्बन्धहरु अघि बढ्नसक्छन् । हाम्रा प्रयासहरु यसैमा केन्द्रित छन् । ू
लिम्पियाधुरा नै काला नदीको मुहान हो भन्ने कुरा भारतले २ नोभेम्बरमा जारी गरेको आठौं संस्करणको नक्सामासमेत उल्लेख भएकोले ढाँटेको कुरा काटे नमिल्ने मन्त्री ज्ञवालीले बताएका छन् । मन्त्री ज्ञवालीले परराष्ट्र अथवा द्विपक्षी र बहुपक्षीय मुलकका विषयमा र सीमाका विषयमा सार्वजनिक धारणा राख्दा यसको संवेदनशीलतालाई ध्यानमा राख्न आग्रह गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्