कालिकोटमा बुधबार भएको टिपर दुर्घटनामा बेपत्ता भनिएकामध्ये ३१ जना सम्पर्कमा आइसकेका छन्।
बाँकी २ जनाको शव भेटिएको छ भने ६ जना बेपत्ता छन्। टिप्परमा जम्मा ३९ जना चढेको नरहरी नाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए।
मृत भेटिएका दुईजना महिला रास्कोट नगरपालिकाका भएको अध्यक्ष विष्टले जानकारी दिए।
‘टिपर खस्नुअघि नै केही हाम फालेका र केही ओर्लिएका रहेछन्, ती ३१ जना सम्पर्कमा आइसकेका छन्,’ उनले भने, ‘बाँकी दुई जना महिलाको शव भेटिएको छ, ६ जना बेपत्ता छन्।’
सम्पर्कमा आएकामध्ये ४ जना उपचारको क्रममा जिल्ला अस्पताल कालिकोटमा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए। उपचारको क्रममा रहेकामध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
बुधबार बिहान नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।
भारतबाट आएका रास्कोटका नागरिकलाई क्वारेन्टिनमा पुर्याउन कर्णाली करिडोर हुँदै टिपर गएको अध्यक्ष विष्टले जानकारी दिए।
अध्यक्ष विष्टका अनुसार गाडी पुरै पानीमा डुबेकाले उद्धारमा समस्या भएको छ। उद्धारका लागि सुरक्षाकर्मी खटिएको एसपी बस्नेतले जानकारी दिए।
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्