आजदेखि खुकुलो हुँदैछ लकडाउन (यी हुन् आजबाट खुल्ने र बन्द हुनेको सूची)

आजदेखि खुकुलो हुँदैछ लकडाउन (यी हुन् आजबाट खुल्ने र बन्द हुनेको सूची)

काठमाडौं- हिजो बसेको मन्त्रीपरिषद बैठकको निर्णय सँगै बिहीबारदेखि लकडाउन खुकुलो हुँदैछ ।

तीन चरणमा लकडाउन खुकुलो पार्ने सरकारको योजना अनुसार आजबाट पहिलो सुरु हुँदै छ ।

यो चरण २१ दिनसम्म लागू हुनेछ ।

त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिने छ ।

त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ ।

तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्ने योजना बनाएको छ ।

पहिलो चरणमा खुल्ने
१- स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२- औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३- पेट्रोलियम पदार्थको ढुवानी र बिक्री

४- फोहोरमैला व्यवस्थापन

५- विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६- बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७- सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८- कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९- उत्पादन उद्योग

१०- निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११- विकास आयोजना ९निजी क्षेत्रबाट प्रवर्द्धिधतसमेत०

१२-निर्माण कार्य ९निजीसमेत०

१३-नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४- रेस्टुरेन्टबाट हुने प्याकिङ तथा डेलिभरी सेवा

१५- क्वारेन्टिनका लागि तोकिएका होटल

१६- बिजुलीका सामान बिक्री र मर्मत

१७- विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८- पुस्तक पसल तथा स्टेसनरी

१९- सबै प्रकारका ढुवानी सेवा

२००-अत्यावश्यक सेवाका कार्यालय

२१०-अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू ९सामान्यतया ५० प्रतिशत कर्मचारी रहने

लकडाउन जारी रहने

१- शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र०

२- सपिङ मल, डिपार्टमेन्ट स्टोर ९खाद्य पदार्थबाहेक०

३- सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४- अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५- तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६- सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७-२५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८- सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९- स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०- खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति

११- पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२- बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन

दोस्रो चरणमा खुल्ने

१-सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था ९सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी०

२- एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३- ट्याक्सी ९चालकबाहेक थप दुई जना यात्रु रहने गरी०

४- रेस्टुरेन्ट तथा खाजाघर ९कम्तीमा २ मिटरको भौतिक दूरी कायम रहने गरी०

तेस्रो चरणमा खुल्ने

१- सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय

२- संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर जिल्ला आवागमन

३- सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन

४- आन्तरिक हवाई उडान

५- होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण

६- अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ

७- शिक्षण संस्था ९परीक्षा प्रयोजनका लागि मात्र०

८- तालिम तथा ट्युसेन केन्द्र

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij