JanataToday.com

Advertisment

SKIP THIS

सर्वोच्च अदालतको अन्तरिम आदेश : लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

सर्वोच्च अदालतको अन्तरिम आदेश : लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

काठमाडौँ
लकडाउनको बेलामा करदातालाई राजस्व दाखिला गर्न बाध्य नपार्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा। मनोजकुमार शर्माको इजलासले आगामी असार १५ गतेभित्र विवरणका साथै कर दाखिला गर्नु भन्ने आन्तरिक राजस्व विभागको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सुरुमा जेठ २५ गतेभित्र कर दाखिला गर्नु भनी सूचना निकालेको विभागले पछि त्यसलाई संशोधन गरेर असार १५ गते पुर्‍याएको थियो । कर तिर्ने अवस्था नभएको र वातावरणसमेत प्रतिकूल रहेको भनी अधिवक्ताहरु सिर्जना अधिकारी र अधिवक्ता थानेश्वर काफ्लेसमेतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij