नेपाली काँग्रेस रुपन्देहीले भन्यो : सरकार भ्रष्टाचार गर्न छोड, जनतालाइ कोरोनाबाट जोगाउनेतीर लाग

नेपाली काँग्रेस रुपन्देहीले भन्यो : सरकार भ्रष्टाचार गर्न छोड, जनतालाइ कोरोनाबाट जोगाउनेतीर लाग

बुटवल —कोरोनाको नाममा भ्रष्टाचार गर्न छोडेर जनतालाइ महामारीबाट जोगाउने तीर लाग्न नेपाली काँग्रेस रुपन्देहीले सरकारको ध्यानाकर्षण गराएको छ ।
मापदण्ड अनुरुप क्वारेन्टाइन व्यवस्थापन गर्नु पर्ने,पिसीआर टेष्टको दायरा बढाउनु पर्ने, कोरोनाको नाममा भइरहेका भ्रष्टाचार बन्द गरी दोषीलाइ कारबाही गर्नु पर्ने लगायतका माग राख्दै नेपाली काँग्रेस रुपन्देहीले आज (मंगलबार) भैरहवामा बिरोध प्रदर्शन गरेको हो । बिपतका बेला जनतालाइ महामारीबाट जोगाउनुको साटो सरकार आफै भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत काँग्रेस रुपन्देहीले प्रधानमन्त्रीलाइ ज्ञापन पत्र पठाएको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मार्फत ज्ञापनपत्र बुझाउदै कोरोना नियन्त्रणगरी जनतालाई विपद्बाट सुरक्षित राख्न सरकार पूर्ण असफल भएको बताए । ‘सरकार जनताको अभिभावक हो उसले जनतालाइ कोरोनाबाट जोगाउनु पर्नेमा आफै भ्रष्टाचारमा लिप्त छ । भ्रष्टाचारीलाइ संरक्षण गर्ने खेलमा लागेको छ’ सभापती रज्जाकले भने ।
राष्ट्रिय विपद्को अवस्थामा पनि स्वास्थ्य सामाग्री खरीदमा पटकपटक भइरहहेको अनियमितताले आम नागरिकलाई स्तब्ध बनाएको र कमिसनकै कारण स्वास्थ्य सामाग्री आपूर्तिमा समस्या थपिएको सभापति रज्जाकले बताए । राजनितिक दलको निरन्तर साथ र सहयोग पाएपनि सरकारले कोरोना विरुद्धको अभियानमा सक्षम ढंगले नेतृत्व गर्न नसकेको काँग्रेसको आरोप छ ।
कोरोनाले आम नागरिकको जिवनमा परेको आर्थिक संकटलाई कम गर्नेतर्फ सरकार गम्भिर नभएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए । काँग्रेसले दश अर्बको हिसाव पनि मागेको छ । स्वास्थ्य सामाग्रीको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनहरु मापदण्ड अनुरुप संचालन गर्न,क्वारेन्टाइन र आइसोलेसनमा राखिएका सबैलाई पीसीअर परिक्षण गरेर मात्रै घर पठाउनु पर्ने, दश अर्बको खर्च विवरण र अनियमितता बारे छानबीन गरी दोषीलाइ कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको सचिव खाँणले बताए । कोरोनाको जोखीमलाइ मध्येनजर गर्दै स्वास्थ्य सर्तकताका अपनाउदै कार्यक्रम सम्पन्न गरेको उनले बताए ।
बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता, अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउनुपर्ने, साना, ठूला उद्योग, व्यापार, व्यवस्थाको संरक्षण र श्रमिक मजदुर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेजको घोषणा गर्नुपर्ने काँग्रेसको माग छ ।


भैरहवास्थित काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको व्यानर र प्लेकार्ड सहितको ¥याली बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाइएको हो । ¥यालीमा सहभागि नेता कार्यकर्ताहरुले बाच्नेहरुमा हाहाकार, मृत्युपछि पीसीआर, आरडिटी खारेज गर, पीसीआरको दायरा बढाउ लगायतका नारा तथा प्लेकार्ड लिएर प्रशासन पुगेका थिए ।

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij