नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

बाँके : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जनाएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्।

बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो।  बैजनाथ गाउपालिका ६ की ४६ वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साझ साढे ६ बजेतिर मृत्यु भएको हो। मृत्यु  भएकी ती महिलाको मंगलबार साझ  कोरोना रिपोर्ट पोजेटिभ आएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।

निमोनिया रोगले ग्रस्त ती महिला  जेठ ३० गते  अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्ष युवाको कोरोनाबाट मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक,, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक  जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : बुधबार, असार ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij