गुल्मी – गुल्मीमा होम क्वरेण्टीनमा बसेका एक पुरुषको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभएको छ ।
दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँ लामो समयदेखि प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो । उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँ होम क्वरेण्टीनमा बस्दै आउनुभएको थियो ।
शुक्रबार उहाँको स्वाब निकालेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइने भएको छ । मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष पन्थले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्