कतारबाट २० वटा शव नेपाल ल्याइयो

कतारबाट २० वटा शव नेपाल ल्याइयो

काठमाडाैं-लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि शुक्रबार कतारबाट एकैदिन २० वटा शव नेपाल ल्याइएको छ ।

कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरूको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो ।

आज नै कुबेतको जजिरा एयरले पनि २ वटा शव ल्याएको छ ।

यस्तै हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा शव ल्याएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका कारण यसअघि शव ल्याउन सकिएको थिएन् ।

सरकारले चार्टर्ड विमानमार्फत अलपत्र परेका नेपालीहरू र त्यहाँ रहेका शवहरू नेपाल ल्याइएको हो ।

शवलाई विदेशबाट ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्लासम्म पुर्‍याउने खर्च वैदेशिक रोजगार बार्डले व्यहोर्ने छ ।

विभिन्न कारणले विदेशमा मृत्यु भएका आफन्तहरूले काठमाडौं आएर निवेदन दिएपछि बोर्डले निःशूल्क ढुवानी गर्ने छ ।

प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij