गुल्मीमा पहिरोले जीप पुर्दा एकको मृत्यु, ५ जना घाइते

गुल्मीमा पहिरोले जीप पुर्दा एकको मृत्यु, ५ जना घाइते

गुल्मी- पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो ।

अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । जीपमा ६ जना सवार रहेको बताईएको छ ।

जीपमा सवारमध्ये अन्दाजी वर्ष १८ धुर्कोट गाउँपालिका–३ का तुल्सिराम काउचाको मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा सोही स्थानकै चालक प्रदिप पुन र रमेश राना रहेका छन ।

उनीहरुलाई उपचारको लागी सन्धिखर्क पठाईएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले जानकारी दिनुभयो । अन्य ३ जना केशव काउचा, खिम बहादुर काउचा र विशाल काउचा
को अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : शनिबार, असार ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij