गुल्मी ; एक सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि,३ गाउँ सिल

गुल्मी ; एक सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि,३ गाउँ सिल

गुल्मीमा एक सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण थप फैलिन नदिन ​गुल्मीदरबार गाउँपालिकाका तीन वटा गाउँ सिल गरिएको छ ।

गाउँपालिका ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब रिपोर्ट नआउँदासम्म पालिकाका तीन वटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकाले सुत्केरी महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आइतबारदेखि कन्ट्याक्ट ट्रेसिङ सुरु गर्न लागेको छ । गाउँपालिका वडा नम्बर ७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दाहरुलाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन तथा बाहिरका मानिसहरुलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताउनुभएको छ ।

ती महिलामा आरडीटी पोजिटिभ देखिएपछि आइतबार लुम्बिनी मेडिकल कलेज प्रभात पाल्पामा रेफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताउनुभयो ।

सुत्केरी महिलाका श्रीमान् गएको जेठ ११ गते भारतबाट फर्किनुभएको थियो । भारतबाट फर्किएर १४ दिनसम्म क्वरेण्टीनमा बसेपछि उहाँको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई जेठ २७ गते घर पठाइएको थियो । क्वरेण्टीनबाट घर गएको ११ दिनपछि उहाँकी श्रीमतीमा कोरोना सङ्क्रमण देखिएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताउनुभयो ।

गुल्मीमा आइतबार मध्याह्नसम्म ​कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये ६ जना निको ​भएर घर फर्किएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, असार ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij