बुटवल । बुटवलको कोरोना विशेष अस्पतालको आइसियू कक्षमा उपचारपछि ५१ वर्षिय पुरुष कोरोना निको भएर आईतबार घर फर्किएका छन् । रुपन्देहीको बुटवल–११ देविनगरका पुरुष आईसियू कक्षमा उपचारपछि कोरोना जित्ने दोस्रो व्यक्ति हुन् । सुगर तथा डाइवेटिजको समेत समस्या भएका उनलाई पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि आइसियूमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको १९ दिनपछि निको भएर घर पठाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा लुम्बिनी अस्पतालका डा. सुदर्शन थापाले जानकारी दिए ।
यसअघि कपिलवस्तुका २२ वर्षिय यूवाले आसियू कक्षमा उपचारपछि कोरोना जित्न सफल भएका थिए । अस्पतालको अन्य आइसोलेशन कक्षमा उपचारपछि घर फर्किनेको संख्या भने ५० बढी रहेको थापाले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, असार ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्