अंगिराको न्यायका लागि अदालत अगाडि धर्ना सहित प्रदर्शन

अंगिराको न्यायका लागि अदालत अगाडि धर्ना सहित प्रदर्शन

बुटवल – रुपन्देही देवदहकी १३ बर्षिय बालिका अंगिरा पासीको जातीय भेदभाव सहित बलत्कारपछि हत्या भएको भन्दै दलित अधिकारकर्मीहरुले न्याय नमरोस भनेर जिल्ला अदालत रुपन्देही अगाडि धर्ना सहित विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीको आयोजनामा अंगिरा पासीको न्यायका लागि धर्ना सहित न्यायलयलाई कसैको प्रभावमा नपर्न ध्यानआकर्षण गराइएको हो । देवदहका २५ बर्षिय विरेन्द्र भरले ललाई फकाई बलत्कार गरेको र समाजका अगुवा र जनप्रतिनिधिले केटाको जिम्मा लगाइदिएको केहि घन्टामै यूवतीको हत्या भएको परिवारको भनाई छ ।

घरमा तल्लो जातको भन्दै कुटपिट गरि हत्या भएकाले न्यायका लागि प्रहरीमा अंगिराका आमा शान्तिले जाहेरी दिएकी छन् । उक्त घटनाको मुद्धा जिल्ला अदालत रुपन्देहीमा अभियोजन हुन लागेकाले अदालतमा संघर्ष समितिले धर्ना दिएको हो ।

उक्त धर्नापछिको विरोधसभालाई सम्बोधन गर्दै संविधानसभाका सदस्य एंव दलित अधिकारकर्मी विनोद पहाडीले अंगिराको न्यायका लागि प्रहरी प्रशासन र राजनीतीक तहबाट संरक्षणको चलखेल भएकाले आफूहरु बाध्य भएर अदालत अगाडि धर्ना दिनुपरेको बताए । उनले विगतदेखि नै अदालतले समेत दलित समुदायको मुद्धालाई कमजोर बनाउने गरेकाले यो पटक अंगिरालाई न्याय नदिएको खण्डमा अदालत विरुद्ध पनि सडकमा उत्रन बाध्य हुने बताए ।

यसैगरि विरोधसभामा संविधानसभा सदस्य सिमा कौसल, मुक्ती समाज केन्द्रिय सल्लाहकार प्रेम सेन्चुरी ,सामाजिक अभियान्त डम्बर बिक, दलित नेता किस्मत बिक,दलित संघ जिल्ला सदस्य रामकिसुन बिक, सामाजिक अभियान्ता नर बहादुर सुनार , अधिकारकर्मीहरु धर्मेन्द पासवन ,धुर्ब लामगादे, राजु रोकाले बोल्दै दलित समुदायका निम्ति सरकार र राज्यका निकाय मौन रहेकोमा आपत्ति जनाए । कार्यक्रम सयुक्त दलित संघर्ष समितिका उपसंयोजक बुद्दिराम हरिजनको सभापतित्व र सचिव पदम बहादुर बिकको सन्चालनमा भएको थियो ।

प्रकाशित मिति : सोमबार, असार ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij