पाल्पा पहिराे अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

पाल्पा पहिराे अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

पाल्पा – पाल्पामा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । तानसेन–गुल्मी सडक खण्डको सम्मोबारीमा गएको पहिरो पन्छाउने क्रममा पुरिएको अवस्थामा प्रहरीले मङ्गलबार दिउँसो थप एक पुरुषको शव फेला पारेको हो । उनको पहिचान खुलेको छैन ।

तानसेन नगरपालिका ११ काे सम्मोबारीमा सोमबार बेलुकी गएको पहिरोमा हिजो तीन जनाको ज्यान गएको थियो । पहिरोमा ज्यान गुमाउनेहरुमा पाल्पा रिब्दीकोट गाउँपालिका २ का ३२ वर्षीय भुवन खाम्चा, चितवन भरतपुर महानगरपालिका २९ का ३३ वर्षीय वीरबहादुर गुरुङ र काभ्रे पाँचखाल नगरपालिका ८ का २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनदेखि गुल्मीकाे लागि छुटेका चार वटा सवारी साधन पनि पहिरोले बगाएको थियो । सोमबार पहिरोमा परि दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । सोमबार ज्यान गुमाउने तीनै जना लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करका रहेको प्रहरीले जनाएको छ ।

पहिरोले ट्याङ्करसहित लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअपलाई बगाएको थियो ।  आइतबार राति परेको पानीले अवरुद्ध भएको तानसेन–रिडी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, असार ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij