बुटवल-नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले वार्ड नं ६ का सभापति स्व. कृष्ण प्रसाद न्यौपानेको १० औं दिनको तिथिमा शोकसभा गरेको छ ।
न्यौपानेको निबासमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले उहाँको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताए । नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले निष्ठाबान र इमान्दार नेताको निधनले पार्टीलाइ अपूरणीय क्षति पुगेको बताउनु भयो ।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति फणिन्द्र शर्मा, सचिब रामकृष्ण खांण, महासमिति सदस्य युवराज गिरी, क्षेत्रीय सभापति हरि लम्साल,सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, महिला संघका गंगा शाही,बुटवल नगर सचिव ज्योती भण्डारी,वडा न २ सभापति धना लामा लगायतले शोक मन्तब्य व्यक्त गर्नु भयो ।
प्रकाशित मिति : बिहिबार, असार ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्