मर्चवारीको बजेट ५४ करोड, बजेट मर्चवारीको विकासमा केन्द्रीत

मर्चवारीको बजेट ५४ करोड, बजेट मर्चवारीको विकासमा केन्द्रीत

बुटवल- रुपन्देहीको मर्चवारी गाउँपालिकाले कृषि, स्वस्थ्य क्षेत्रलाई महत्व दिदै आर्थिक वर्षका लागि ५४ करोड रुपैयाको बजेट प्रस्तुत गरेको छ । आ. व. ०७७∕०७८ का लागि गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, उद्योग क्षेत्रको विकासमा विशेष महत्व दिएको छ ।
मर्चवारी गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरी नमुना व्यवसायिक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने नीति सारेको मर्चवारीले यसै अनुरुप वजेट विनियोजन गरेको छ । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवालीका अनुसार यसका लागि कृषि विशेषज्ञको संयोजकत्वमा सम्भाव्यता अध्ययन गर्न र सिफारिस गर्न एक समिति बनाईने छ । यसरी सञ्चालित कार्यक्रममा गाउँपालिकाबाट ५० प्रतिशत अनुदान उपलब्ध गराईनेछ ।
गाउँ–गाउँमा सहकारीघर–घरमा स्वरोजगारी मुल नाराका साथ स्थानीय क्षेत्रमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुका साथै विकासमा सहकारीसंगको साझेदारी र सहकार्यमा जोड दिइने गाउपालिकाका अध्यक्ष केशवनन्द बनियाले बताए ।
अर्गानिक तरकारी खेती गर्नेलाई प्रोत्साहन गरिने देखि सार्वजनिक जग्गामा कृषि र फलफुल तरकारी खेती गर्न प्रोत्साहित गर्ने नीति लिइएको बनियाको भनाइ छ ।
गाउँपालिका अन्तरगत रहेका मन्दिर तथा पोखरी एवं तालको सुदृढीकरण एवम सौन्दर्यीकरण गरी आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय केन्द्र स्थापना गरिने लक्ष्यका साथ कार्यक्रम अगाडी सारिएको छ ।
गाउँपालिका क्षेत्रभित्रका कच्ची सडकलाई कल्भर्ट,ह्युमपाइप सहित पिच सडकमा स्तरोन्नति गरिने, साथै कालो पत्रे सडकमा भएका खाल्डा खुल्डीहरुलाई मर्मत गरी सुधार गरिने, निर्माणाधिन अवस्थामा रहेको क्रमागत अधुरो आयोजनाका लागि रकम विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताए ।
गाउसभामा गाउपालिका उपाध्यक्ष एव बजेट तर्जुमा समिती संयोजक सुनिता कलवारले आर्थिक बर्ष २०७७।०७८ को लागि रु ५४ करोड ८ लाख १० हजार १ सय ३० रुपैयाको बजेट प्रस्तुत गरेकी थिइन । जसमा चालू तर्फ रु ३५ करोड ९६ लाख ४१ हजार ४ सय ७९ रुपैयाँ र पुजिगत तर्फ १८ करोड ११ लाख ६८ हजार ६ सय ५१ रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा पर्याप्त वजेट विनियोजन गरिएको तथा वडा नं. २ स्थित रायपुर प्राथमिक केन्द्रलाई सवल र सक्षम बनाउदै उक्त केन्द्रमा आफ्नै फार्मेशी संचालन गरिने नीति अगाडी सारिएको छ ।
गाउँपालिकाका गरिव बिपन्न असहाय तथा एकल महिलाहरुको जीवनयापनलाई सहयोग पुर्याउन त्यस्ता कमजोर बर्गका महिलालाई लक्षित गरी खाना पकाउने एल. पि. ग्यास सिलिन्डर तथा चुलो वितरण गरिने पनि ज्ञवालीले बताए ।
शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, उद्योग र व्यापार विकासका मूलआधार भन्ने नारा सार्थक बनाउन मर्चवारीगाउँपालिकको विकासमा अग्रणी क्षेत्र उन्मुख कार्यक्रम सञ्चालन गर्ने विषय क्षेत्रसंग सम्बन्धित संघ सस्था, निजीक्षेत्रसंग समन्वय र सहकार्य गरी सार्वजनिक निजी साझेदारीलाई प्रबर्धन गर्न तथा त्यस्ता कार्यक्रमहरु ल्याउन प्रोत्साहित गरिने नीति गाउपालिकाले अगाडी सारेको छ ।
प्रत्येक माध्यमिक विद्यालयहरुमा एक जना अ.न.मी. राख्ने नीतिलाइ प्रोत्साहन दिइने, छोरा वा छोरी दुवै बरावरी भन्ने मुल नारालाई यस गाउँपालिका अन्तर्गत सार्थक बनाउनको निम्ति छोरी विमा कार्यक्रमलाई पनि गाउपालिकाले अगाडी सारेको छ ।
छोरी जन्माऊँ छोरी पढाऊँ अभियानलाई सार्थक तुल्याउन स्नातक तह उत्तिर्ण गरेका गाउ पालिकावासी छोरीलाई स्नातकोत्तर तह अध्ययनका लागि १ लाख बराबरको रकम छात्रबृत्ती उपलब्ध गराइने कार्यक्रम आगामी आर्थिक वर्षबाट अगाडी बढाइने ज्ञवालीले बताए । गाउपालिकामा हाल एक जना मात्र स्नातक उत्तिण रहेकी छिन । स्नातकोत्तर तह छात्रवृतिका लागि कार्यबिधि तर्जुमा गरी लागु गरिने ज्ञवालीले बताए ।
लुम्बिनी भ्रमण गरौं मर्चवारी माइँको दर्शन गरौं अभियानका साथ मर्चवारी गाउँपालिका क्षेत्रमा पर्यटनको बिबिधिकरण व्यवसायिकरण र बिस्तारमा जोड दिएको अध्यक्ष बनियाले बताए ।
विद्यार्थि संख्या कम हुने सामुदायिक विद्यालयलाइ भूगोल र विद्यार्थि संख्याको आधारमा मर्जर गरिने नीति लिइएको र जहाँ विद्यार्थि त्यहाँ शिक्षक भन्ने मुल नाराका साथ दरवन्दी मिलान कार्यक्रम गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, असार १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij