काठमाडौँ- विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा एकलाख ९३ हजार नयाँ संक्रमित भेटिएसँगै कोरोना संक्रमितको एक करोड नजिक पुगेको हो ।
वल्डोमिटरको तथ्यांक अनुसार २१३ देशका ९९ लाख ४ हजार ९ सय ६० बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ५३ लाख ५७ हजार ७ सय जना कोरोना जितेर निको भएका छन । कोरोना कै कारण ४ लाख ९६ हजार ८ सय ६६ ले ज्यान गुमाएका छन ।
४० लाख ५० हजार उपचार गराइरहेका छन । ती मध्ये ५७ हजार ६ सय ४३ बढीको अवस्था गम्भिर छ ।
कोरोना संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा छ । अमेरिकामा २५ लाख ५२ हजार बढीमा कोरोना पुष्टि भएको छ । ब्राजिलमा संक्रमितको संख्या १२ लाख ८० हजार भन्दा बढी छ ।
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्