अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कस्थित पकलेमा रहेको जनता कृष्ण माविले सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गरेर पठन–पाठन सञ्चालन गरेको छ ।
तीन महिनासम्म विद्यालय नखुल्दा विद्यार्थीहरुको स्मरणशक्तिमा ह्रास आएको भन्दै विद्यालयले पठन–पाठन सञ्चालन गरेको हो ।
कक्षा–१ देखि ९ सम्म अध्ययनरत् विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।
वर्षा भएको समयमा भने कक्षा सञ्चालन नहुने उहाँले बताउनुभयो ।
नगरपालिकासँग समन्वय गरी जिल्लामा पहिलोपटक आफ्नो वडाबाट पठन–पाठनको सुरुआत गरिएको सन्धिखर्क नगरपालिका–८ का अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
ग्रामीण भेगमा बालबालिकाको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कायक्रम प्रभावकारी नहुने हुँदा चौरमै पठन–पाठन गराइएको हो ।
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्