कोरोना भगाउने कुनै ‘जन्तर’ बनेको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना भगाउने कुनै ‘जन्तर’ बनेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट बच्न सकिने कुनै पनि प्रकारको कार्ड, डिभाइस वा जन्तर नबनेको स्पष्ट पारेको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता डा जागेश्वर गौतमले चर्चामा रहेको भाइरस रिमुभिङ कार्डको बारेमा कुनै भ्रममा नपर्न अनुरोध गर्नुभयो
कार्डको बारेमा भ्रम सिर्जना गर्ने व्यक्तिलाई कारबाही गर्नसमेत मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
बजारमा भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र त्यो घाटीमा झुण्ड्याउँदा कोरोना लाग्दैन भन्ने भ्रम सिर्जना भएको पाइएको भन्दै प्रवक्ता गौतमले यस्तो किसिमको भ्रममा नपर्न अनुरोध गर्नुभयो।
प्रतिष्ठित व्यक्तिले समेत त्यस्ता कार्ड घाँटीमा झुण्ड्याएको पाइएको भन्दै गौतमले मन्त्रालय यस्ता गतिविधिप्रति चिन्तित रहेको उल्लेख गर्नुभएका ेछ ।
‘कोरोना भाइरस नियन्त्रणका लागि अध्ययन अनुसन्धानमा संसारभरका वैज्ञानिकहरु जुटिरहेका छन्। अहिलेसम्म त्यस्तो कुनै औषधि फेला परेको छैन। त्यस्तो कुनै डिभाइस वा कार्ड फेला परेको छैन,ु उहाले भन्नुभयो।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडनुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट बच्न सकिने कुनै पनि प्रकारको कार्ड, डिभाइस वा जन्तर नबनेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij