भक्तपुर ( मध्यपुरथिमि नगरपालिका(९ बोडे निलबाराहीकी ४ वर्षीया बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल पठाएको र बालिकाको ६ जना परिवारलाई घरमै क्वरेण्टीनमा राखिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
पाँच दिनअघि बालिकालाई एपेन्डिसाइटिस भएपछि उपचारका लागि काठमाण्डौ मेडिकल कलेज ९केएमसी० सिनामङ्गल लगेपछि उनको स्वाब संकलन गरिएको थियो । चिकित्सकले एपेन्डिसाइटिस शल्यक्रिया गर्नु नपर्ने भन्दै औषधि दिएर पठाएको परिवारले बताएका छन् ।
बालिकाको पीसीआर रिपोर्ट शनिबार पोजिटिभ आएपछि उपचारका लागि पाटन अस्पताल लगे पनि बच्चाको वार्ड नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । नगर प्रमुख श्रेष्ठकाअनुसार सङ्क्रमित बालिकालाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने पुष्टि भएको छैन । परिवार अन्त कतै सम्पर्कमा नगएको बताएका छन् । उनीहरुको एक हप्ताभित्र पीसीआर परीक्षण गरिने भएको छ ।
प्रकाशित मिति : आइतबार, असार १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्