मुम्बई
बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको हृदयघातका कारण आज निधन भएको छ । केही दिनदेखि बिरामी परेकी उनलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ७१ वर्षीया खानको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केही दिनअघि उनको कोरोना टेस्ट गरिएको थियो । कोरोना टेस्ट भने नेगेटिभ आएको थियो । सरोजले करिब २ हजार फिल्ममा कोरियोग्राफी गरेकी छिन् । उनले श्रीदेवी र माधुरी दीक्षितलगायत बलिउडका अधिकांश अभिनेत्रीलाई नृत्य सिकाएकी थिइन् । उनले अन्तिम पटक कंगना रनावतको
ुमणिकर्णिकाु र ुकलंकुका गीतमा कोरियोग्राफी गरेकी थिइन् ।
सरोजले ४० वर्ष बलिउडमा कोरियोग्राफी गरिन् । सरोजले पहिलो पटक सन् १९७४ मा ुगीता मेरा नामुबाट कोरोयोग्राफी थालेकी थिइन् । अहिलेसम्म उनले तीन नेशनल अवार्ड जितेकी थिइन् ।
खानको निधनमा अभिनेता अक्षय कुमारले ट्विट गर्दै लेखेका छन्, ुदुखद खबरसँगै उठें । लेजेन्ड्री कोरियोग्राफर सरोज खान अब रहनु भएन । उहाँले नृत्यलाई सबैले गर्न सक्ने सहज बनाइदिनुहुन्थ्यो । यो बलिउड इन्डस्ट्रीका लागि ठूलो नोक्सान हो । उहाँको आत्माले शान्ति पाओस् ।ु
आज नै उनको अन्तिम संस्कार गरिने बताइएको छ । उनका एक छोरा र दुई छोरी छन् ।
प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्