असार १९ । बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाईएका बिरुवाहरु काटिएका छन ।
तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको मणिग्राम देखि नयामिल तर्फका ३२ वटा बिरुवा गए राती अज्ञात समुहले काटेको हो ।
रातको समयमा उक्त क्षेत्रमा रहेको हरीयाली क्षेत्रका ३२ वटा बिरुवा ३ जनाको समुहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।
राती ३ जनाको समुहले मिलेर काटेको त्यहा रहेका सिसिटिभी फुटेजबाट नगरप्रमुख घिमिरेले भने । गत बर्ष लगाईएका उक्त बिरुवाहरु हुर्की सकेको अवस्थामा फेदै बाट काटिएको छ घिमिरेले थपे ।
गत बर्ष साउन २ गते सोही सडकको शंकरनगर चोक देखि नयामिल सम्म मेडिएनमा राखिएका ५ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाईएको थियो ।
उक्त मुर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन ।
प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्