बुुुटवल -देश तथा विदेशमा छरिएर रहेका गण्डकी बोर्डिङ स्कुल पोखराका भुपु विद्यार्थीहरुबाट संकलित रकमले बुटवलमा राहत वितरण गरिएको छ । एग्बोसा काउन्सिलसंग समन्वय गरी स्कुल एशोसिएसनले बुटवल उपमहानगरभित्रको वडा ४ र १२ मा गरी ५५ परिवारलाई राहत वितरण गरेको हो । एसोशिएसनमा आबद्ध देश तथा विदेशमा रहेका विद्यार्थीबाट रकम संकलन गरी राहतस्वरुप खाद्यान्न वितरण गरिएको संस्थाका सदस्य सुदर्शन पौडेलले बताए । राहत सामाग्रीमा दाल, चामल, नुन, तेल, सोयाविन आदि प्रदान गरिएको उनले बताए । विभिन्न समयमा स्वास्थ्य शिविर, जनचेतनामुलक कार्यक्रम, अन्य स्थानमा राहत बांड्ने कार्यक्रम गरिराखिएको उनले जनाए । वितरण कार्यक्रममा भुपु विद्यार्थीहरु दिपक विश्वकर्मा, सुदर्शन पौडेल , सुवास प्रधान, महेन्द्र श्रेष्ठ, नवीन शर्मा, अभिषेक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा बोल्दै वडा न १२ का अध्यक्ष दुर्गा सुवेदीले पोखरामा अध्ययन गरेका प्रदेश ५ का विद्यार्थीले गरेको यस्तो कार्य प्रशंसनिय रहेको बताए । उनले महामारीले रोजगार गुमेपछि धेरै परिवार आर्थिक मारमा परेको भन्दै खाद्यान्नकै लागि राहत संकलन र बाहिरी सहयोग आवश्यक परेको बताए । उनले संस्थागत सहयोगले विपन्न परिवारमा खुसी ल्याउने बताए ।
प्रकाशित मिति : शनिबार, असार २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्