नेकपा विवाद : सहमति खोज्ने प्रयास जारी, स्थायी समिति बैठक फेरी सर्याे

नेकपा विवाद : सहमति खोज्ने प्रयास जारी, स्थायी समिति बैठक फेरी सर्याे

  1. बुटवल – आन्तरिक कलहका कारण फुटको संघारमा पुगेको नेकपा स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक थप छलफल पछि बस्ने भन्दै बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिए ।

जारी स्थायी समिति बैठकमा बोल्ने सदस्यहरुले प्रधानमन्त्रीको राजिनामा मागेपछि नेकपा फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा नदिने अडानमा छन । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नु पर्ने पक्षमा छन् ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल भए पनि सहमति भएको छैन । आइतबार प्रचण्ड र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । साेमबार पुन छलफल हुने बताइएकाे छ ।

छलफलमा पार्टी नफुटाउने सहमति भएको थियो । बिहीबारकाे छलफल पछि स्थगित बैठक तेस्राे पटक स्थगित भएकाे हाे ।

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij