‘व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउ’

‘व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउ’

नेपाल ट्रेड युनियन काँग्रेसले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुहरुको स्वरोजगार व्यबसाय सञ्चालनकालागि सहज वातावरण बनाईदिन माग गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही बुटवल नगर समितिले मंगलबार बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो ।
कोरोना भाईरस (कोभिड–१९) को महामारी फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण मुलुक ठप्प छ । यसैका कारण अनौपचारिक क्षेत्रमा काम गर्ने स्वरोजगार मजदुहरु काम बिहिन भएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस बुटवल नगर समितिका अध्यक्ष नारायण सुनारद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले नगर प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्दै स्वरोजगार व्यबसाय सञ्चालनकालागि सहज वातावरण बनाईदिन आग्रह गर्नुभयो ।
अनौपचारिक क्षेत्रका पेशा व्यबसाय बन्द हुँदा त्यसमा आश्रित मजदुरहरुको दैनिक जनजिवन कष्टकर भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सैलुन, होटल व्यबसाय, व्यूटिपार्लर, ई–रिक्सा, निर्माण सम्बन्धि कामहरु, सार्वजनिक यातायातका सवारी साधन लगायत लामो समयदेखि बन्द हुँदा त्यसमा काम गर्ने मजदुरहरुको जनजिवन कष्टकर बन्दै गएकाले यी व्यबसायमा सुरक्षाका सबै उपायहरु अवलम्बन गरेर सञ्चालनको वातावरण बनाउन माग गरिएको नगर अध्यक्ष सुनारले बताउनु भयो ।
त्यस अवसरमा नगरप्रमुख सुवेदीले कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि गरिएको लकडाउनले कष्टकर बनेको जनजिन र सहज बनाउनकै लागि मापदण्ड केही खुला गरिएको बताउनु भयो । उहाँले स्थानीय तहमा हुने काम नगरपालिकाबाटै र त्यो भन्दा माथिल्ला प्रदेश सरकार र संघीय सरकारले गर्ने कामकालागि सुझावका रुपमा पठाउने आश्वासन समेत दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij