भैरहवा –नेपाल ट्रेड युनियन काँग्रेसले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुहरुको स्वरोजगार व्यबसाय सञ्चालनकालागि सहज वातावरण बनाईदिन माग गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले जिल्ला प्रशासन कार्यालय मा ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो ।
कोरोना भाईरस को महामारी फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण मुलुक ठप्प रहेको छ । यसै कारण अनौपचारिक क्षेत्रमा काम गर्ने स्वरोजगार मजदुरहरु काम बिहिन भएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यबाहक अध्यक्ष ओम प्रकाश चौधरी ले बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यबाहक अध्यक्ष ओम प्रकाश चौधरी द्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र रुपन्देही का प्रमुख जिल्ला अधिकारी महादेव पन्थ लाई हस्तान्तरण गर्दै स्वरोजगार व्यबसाय सञ्चालनकालागि सहज वातावरण बनाईदिन आग्रह गर्नुभयो ।
अनौपचारिक क्षेत्रका पेशा व्यबसाय बन्द हुँदा त्यसमा आश्रित मजदुरहरुको दैनिक जनजिवन कष्टकर भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सैलुन, होटल व्यबसाय, व्यूटिपार्लर, ई–रिक्सा, निर्माण सम्बन्धि कामहरु, सार्वजनिक यातायातका सवारी साधन लगायत लामो समयदेखि बन्द हुँदा त्यसमा काम गर्ने मजदुरहरुको जनजिवन कष्टकर बन्दै गएकाले यी व्यबसायमा सुरक्षाका सबै उपायहरु अवलम्बन गरेर सञ्चालनको वातावरण बनाउन माग गरिएको कार्यबाहक अध्यक्ष ओम प्रकाश चौधरी ले बताउनु भयो ।
त्यस अवसरमा रुपन्देही का प्रमुख जिल्ला अधिकारी महादेव पन्थ ले कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि गरिएको लकडाउनले कष्टकर बनेको जनजिवन सहज बनाउनकै लागि मापदण्ड केही खुला गरिएको बताउनु भयो । उहाँले स्थानीय तहमा हुने काम जिल्ला प्रशासन बाटै र त्यो भन्दा माथिल्ला प्रदेश सरकार र संघीय सरकारले गर्ने कामकालागि सुझावका रुपमा पठाउने आश्वासन समेत दिनुभयो । ज्ञापन पत्र बुझाउन निर्माण सम्बद्ध श्रमीक सघ का केन्द्रीय अध्यक्ष जेबी गरुङ्ग,नेपाल यातायात मजदुर सघ का जिल्ला अध्यक्ष नर बहादुर रजाली, नेपाल नाइ सघ का जिल्ला अध्यक्ष उमेश ठाकुर, नेपाल ब्युटिशियन सघ रुपन्देही अध्यक्ष रेणु कर्मचार्य,नेपाल टे«ड युनियन काग्रेस सिद्धार्थनगर अध्यक्ष राम बहादुर गुरुङ्ग,नेपाल ब्युटिशियन सघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा,नेपाल इरिक्सा सघ जिल्ला अध्यक्ष लालमणी भण्डारी लगायत को उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, असार २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्