कोरोना संक्रमितको संख्या १ करोड २६ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३४ हजारमा कोरोना पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २६ लाख १४ हजार नाघेको हो ।
पछिल्लो एक दिनमा भारतमा मात्र २७ हजार कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या ८ लाख २२ हजार पुगेको छ ।
अमेरिकामा ७१ हजार संक्रमित थपिएका छन । अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार छ ।
कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको ब्राजिलमा ४५ हजार संक्रमित थपिएका छन । ब्राजिलमा संक्रमितको संख्या १८ लाख ४ हजार पुगेको छ ।
विश्वका २१३ देशमा कोरोना संक्रमण फैलिएको छ । पछिल्ला एक दिनमा ५ हजार ३ सय ६४ जना संक्रमितको ज्यान गएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६१ हजार ९ सय ८७ पुगेको छ ।
संक्रमित मध्ये ७३ लाख १९ हजार ८७७ जना कोरोना मुक्त भएका छन् । ४७ लाख ३२ हजार उपचाररत छन् । ती मध्ये ५८ हजारको अवस्था गम्भिर छ ।
प्रकाशित मिति : शनिबार, असार २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्