काेराेना भाइरसकाे कारण नेपालमा शनिबार थप तीन जनाकाे मृत्यु भएकाे पुष्टि

काेराेना भाइरसकाे कारण नेपालमा शनिबार थप तीन जनाकाे मृत्यु भएकाे पुष्टि

काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणकाे कारण नेपालमा शनिबार थप तीन जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । काठमाण्डाैका दुईसहित तीन जनाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डाै महानगरपालिका १० शङ्खमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मिर्गाैला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा काेराेना पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाण्डाैकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको काठमाण्डाै मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले बताउनुभयो । मिर्गाैलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वाबको नमुना सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि २५ गते नै निधन भएको हाे । असार १८ गते क्षय रोगको उपचारकाे लागि पाटन अस्पताल भर्ना हुनुभएका उहाँमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij