विश्वमा कोरोना भाइरस , एकैदिन २ लाख ३ सयभन्दा धेरैमा सङ्क्रमण

विश्वमा कोरोना भाइरस , एकैदिन २ लाख ३ सयभन्दा धेरैमा सङ्क्रमण

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ ।

कोरोना भाइरसको महामारी विश्वभर तीव्र गतिमा फैलंदै जाँदा दैनिक सङ्क्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै गएको छ । हिजो मात्रै विश्वभर दुई लाख ३० हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एकै दिन नयाँ सङ्क्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा सङ्क्रमण तीव्र हुँदा दैनिक थपिने सङ्क्रमितको संख्या धेरै भएको संगठनले जनाएको छ ।

हिजो अमेरिकामा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।

हिजो विश्वभर कोभिड–१९ बाट पाँच हजार २ सय ८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्लुएचओले जनाएको छ । विश्वभर सङ्क्रमितको सख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, असार २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij