भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीको प्रधानमन्त्री के पी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी

भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीको प्रधानमन्त्री के पी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी

भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । उनले ओलीलाई चीनको कठपुलती बनेर उसैको इशारामा बोलिरहेको आरोप समेत लगाए ।

आज विहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सिंघवीले ओलीले शुरुमा भारतको भुभाग दाबी गरेको र त्यसपछि अयोध्या नेपालमा रहेको भनेको लेखेका छन् ।

सिंघवीले लेखेका छनः नेपालका प्रधानमन्त्री ओलीले मानसिक सन्तुलन गुमाएको देखिदैछ या कठपुतली र सुगाले जसरी चीनले तयार गरिदिएको वाक्य बोलिरहेका छन् । शुरुमा उनले नेपालले कहिले दाबी नगरेको भुमि दाबी गरे । अहिले अयोध्या र रामराज्य नेपालभित्र रहेको पुर्नस्थापित गर्न खोजे ।

प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा अयोध्या नेपालमा रहेको र राम नेपालकै ठोरीतिरको राजकुमार भएको टिप्पणी गरेपछि भारतभित्र चासो बढिरहँदा सिंघवीको भनाई आएको हो ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij