एक सय ६७ जना कोरोनाका सङ्क्रमित थपिए, २१३ जना डिस्चार्ज

एक सय ६७ जना कोरोनाका सङ्क्रमित थपिए, २१३ जना डिस्चार्ज

काठमाण्डौ
पछिल्लो २४ घण्टामा थप एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार एक सय ६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार तीन सय ४४ पुगेको छ ।
देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ६ हजार ५६ मात्रै रहेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय १३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बिहीबारसम्म ११ हजार दुई सय ४९ जना डिस्चार्ज भएका छन् कुल सङ्क्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन् । भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा एक हजार नौ सय १५ र वाग्मती प्रदेशमा चार सय २८ जना सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा तीन सय ८५, प्रदेश नम्बर ५ मा चार सय ५८, कर्णाली प्रदेशमा तीन सय १९ र सुदूरपश्चिम प्रदेशमा दुई हजार तीन सय ८४ जना सङ्क्रमित उपचाररत रहेका छन् ।
बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशालामार्फत चार हजार नौ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । बिहीबारसम्म पीसीआर विधिबाट तीन लाख तीन हजार आठ सय २० जनाको परीक्षण भएको छ । अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij