काठमाण्डौं-शुक्रबार दिउँसो ३ बजेको लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सारिएको बताएका हुन्।
आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका सारिएको थियो। पछि फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो।
अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।
स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबिच भेट हुने सहमति यसअघि नै भएको थियो।
बिहीबार प्रधानमन्त्री ओली,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तीन नेताबीच अन्य विषयमा सहमति हुन नसके पनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो।
तीन नेताबीच आजको स्थायी समितिले केन्द्रीय कमिटी बैठकको निर्णय तोक्ने समेत सहमति भएको थियो।
प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्