पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १३ सय नाघेको छ ।
आइतबार थप १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ सय २ पुगेको हो ।
पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ६ जना र कास्कीका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैलाई सम्बन्धि जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]