JanataToday.com

Advertisment

SKIP THIS

२४ घण्टामा थपिए १८६ सङ्क्रमित, १७३ जना निको

२४ घण्टामा थपिए १८६ सङ्क्रमित, १७३ जना निको

काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा एक सय ८६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार आठ सय ६८ जना निको भएर फर्किसकेकोले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ३६ मात्रै रहेको छ ।२४ घण्टामा एक सय ७३ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएर घर फर्किइसकेका छन् ।
अहिले प्रदेश एकमा ९१ जना, प्रदेश दुईमा एक हजार नौ सय ३३ जना, वाग्मतीमा तीन सय ९९ जना, गण्डकीमा तीन सय ८४ जना, प्रदेश ५ मा चार सय १० जना, कर्णालीमा दुई सय १० जना र सुदूरपश्चिममा दुई हजार चार सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij