२४ घण्टामा थपिए १८६ सङ्क्रमित, १७३ जना निको

२४ घण्टामा थपिए १८६ सङ्क्रमित, १७३ जना निको

काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा एक सय ८६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार आठ सय ६८ जना निको भएर फर्किसकेकोले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ३६ मात्रै रहेको छ ।२४ घण्टामा एक सय ७३ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएर घर फर्किइसकेका छन् ।
अहिले प्रदेश एकमा ९१ जना, प्रदेश दुईमा एक हजार नौ सय ३३ जना, वाग्मतीमा तीन सय ९९ जना, गण्डकीमा तीन सय ८४ जना, प्रदेश ५ मा चार सय १० जना, कर्णालीमा दुई सय १० जना र सुदूरपश्चिममा दुई हजार चार सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij