काँग्रेस संस्थापक नेता विपी कोईरालाको स्मृतिमा रुपन्देहीमा बृक्षारोपण

काँग्रेस संस्थापक नेता विपी कोईरालाको स्मृतिमा रुपन्देहीमा बृक्षारोपण

बुटवल –नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृतिमा रुपन्देहीमा बृक्षारोपण गरि संम्झना गरिएकोे छ ।
नेपाली काँग्रेस रुपन्देहीले पार्टीका संस्थापक नेता कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार रुपन्देहीको देवदह स्थित मिलन सामुदायिक बनमा बृक्षारोपण गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता, संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले दुई तिहाई बहुमत प्राप्त भएको कम्युनिष्टको सरकारले कुनै काम गर्न नसकेको बताउँदै मुलुकको बिकासकालागि नेपाली काँग्रेस अपरिहार्य रहको उल्लेख गर्नुभयो ।
कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकारले बिकासको कामलाई भन्दा पनि नेता कार्यकर्ताहरु रातारात कमाउ धन्दामा लागेका कारण आम नागरिकको समस्यामा गम्भिर हुन नसकेको धारणा राख्नु भयो ।
विपीले देखाएको बाटोमा हिँड्न सकेमात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गर्दै नेता शाहले विपीले लिएको सिद्धान्तमा मुलुकलाई हिँडाउन नसक्दा नैराश्यता उत्पन्न गराएको र मुलुकको बिकास र समृद्धिकालागि अब सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनु भयो ।
अहिलेको सरकारले शान्ति सुरक्षा, नागरिकको स्वास्थ्य, सुशासन सबै कुरामा असफल भएको बताउँदै त्यसैका कारण पार्टी भित्रैबाट पनि सरकारको आलोचना भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, काँग्रेस देवदह नगर सभापति गुणाखर भूर्तेल, मिलन सामुदायिक बन समितिका अध्यक्ष तेजबहादुर कवँर पार्टी सचिव रामकृष्ण खाँण लगायतले विपीले देखाएको वाटोमा हिडन जरुरी रहेको धारणा राख्नुभएको थियो ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको ३८ औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस बुटवल नगर समितिले पनि विपीको शालिकमा माल्यार्पण गरेको छ ।
मंगलबार बिहान एक कार्यक्रमका बिच बुटवलको विपी चोकमा रहेको विपीको शालिकमा माल्यापर्ण गरिएको हो ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले विपीले लिएको मेलमिलापको नीतिले सिंगो देशलाई नै मेलमिलाप गराएको बताउँदै पार्टी भित्रपनि आपसमा मेलमिलापको वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।
नगर सभापति खेलराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, महासमिति सदस्य बालकुमारी भण्डारी नगर उपसभापति बिमलराज भट्टराई, सचिव ज्योती भण्डारी लगायतले पार्टीमा विपी विचार र उहाँले अवलम्बन गर्नु भएको राजनैतिक यात्रालाई नेपाली काँग्रेसले विर्सन नहुनेमा जोड दिनु भएकको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij