जल तथा मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव कायमै रहेको जानकारी दिँदै सतर्क रहन सबैमा आग्रह गरेको छ ।
महाशाखाकाअनुसार बुधबार प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
मुुलुकका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । दिउँसोबाट मौसम बद्लिएर केही ठाउँमा हल्का र केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहेको अनुमान महाशाखाले गरेको छ ।
वर्षा हुने स्थानका नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने, बाढीपहिरो जाने, सडक अवरुद्ध भएर सवारी आवागमन प्रभावित बन्ने, तराई क्षेत्रमा डुबान हुने भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यो अवस्था आगामी शुक्रबारसम्म रहन सक्ने अनुमान महाशाखाको छ ।
प्रकाशित मिति : बुधबार, साउन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्