JanataToday.com

Advertisment

SKIP THIS

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटायो

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटायो

बुटवल

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सम्पूर्ण कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ । यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागी आर्थिक राहत होस भन्ने अभिप्रायले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु। ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ । बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशत दरले रु.३५ लाख रुपैयां छुट गरेको थियो ।

नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोभिड–१९ वाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तीगत घर कर्जा बार्षिक ९.५० प्रतिशतमा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । यस्तै अन्य कर्जाहरुमा समेत अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा योगदान पुराउने दावी बैंकले गरेकोे छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक प्रदेश ५ को बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ भने बैंकले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग कारोवार गरिरहेको छ । निकट भविष्यमा बैंकले अधिराज्यभरि शाखा सञ्जाल विस्तार गर्ने प्रकृयामा रहेको जानकारी गराएको छ ।

 

प्रकाशित मिति : बुधबार, साउन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij