विश्वभर एक करोड ५० लाख भन्दा बढी कोरोना संक्रमित

विश्वभर एक करोड ५० लाख भन्दा बढी कोरोना संक्रमित

काठमाडौं – विश्वभर एक करोड ५० लाख भन्दा धेरै कोरोना संक्रमित पुगेका छन्। हालसम्म विश्वमा १ करोड ५३ लाख ६४ हजार ९ सय ३४ संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै हालसम्म कोरोनाका कारण ६ लाख २९ हजार ३ सय भन्दा बढीको ज्यान गएको छ। हालसम्म विश्वभरबाट ९३ लाख ५३ हजार भन्दा धेरै निको भइसकेका छन्। पछिल्ले पटक भारतमा ११ सय २० जनाको मृत्यु भएको छ। अमेरिकामा १२ सय ७ तथा ब्रजिलमा १२ सय ९३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ९ सय १५ जनाको मृत्यु हुँदा दक्षिण अफ्रिकामा ५७२ जनाको मृत्यु भएको छ। विभिन्न देशमा पछिल्लो २४ घण्टामा मात्रै ७ हजार १०७ जनाको मृत्यु भएको छ। एकै दिन विश्वभर २ लाख ७८ हजार संक्रमित थप भएका छन्। अमेरिकामा सबैभन्दा धेरै ७१ हजार, ब्रजिलमा ६५ हजार तथा भारतमा ४५ हजार ५९९ जना संक्रमित थप भएका छन्। दक्षिण अफ्रिकामा १३ हजार, रसियामा ५ हजार ८ सय, मेक्सिकोमा झण्डै ७ हजार तथा कोलम्बियामा ७ हजार ३ सय संक्रमित थप भएका छन्।

प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij