JanataToday.com

Advertisment

SKIP THIS

नेप्से ३.४३ प्रतिशतले बढ्दा बजार पुँजीकरण १९ खर्ब नजिक

नेप्से ३.४३ प्रतिशतले बढ्दा बजार पुँजीकरण १९ खर्ब नजिक

काठमाडौं । साताभर सेयर बजार परिसुचक नेप्से ३.४३ प्रतिशतले बढेको छ । साातमा ५ दिन नै कारोबार भएको बजारमा नेप्से परिसुचक ३ दिन बढेको घटेको थियो भने दुई दिन बढेर बन्द भएको थियो ।

यो साता नेप्से परिसुचक बढेसँगै बजार पुँजीकरण पनि ३.४६ प्रतिशतले बढेको छ । यो साता बजार पुँजीकरण ६३ अर्ब  ५२ करोड  ६२ लाख रुपैयाँले बढेर करिब १९ खर्ब पुगेको छ । गत साता १८ खर्ब ३५ अर्ब ४२ करोड ८३ लाख रहेको बजार पुँजीकरण यो साता बढेर १८ खर्ब ९८ अर्ब ९५ करोड ४५ लाख पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) जनाएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको प्रभावले यो साता सेयरबजारमा निकै उतारचढाव देखियो । गत साता १३९४ अंकमा बन्द भएको बजार यो साता १५५९ अंकसम्म पुगेको थियो । साताको पहीलो दिनमा नै नेप्से परिसुचक ६ प्रतिशतले बढेर पोजेटिभ सर्किट सहीत बन्द भयो । आइतबार बजार परिसुचक ८४.३७ अंकले बढेर १४७९.०४ अंकमा  बन्द भएको थियो ।

साताको दोस्रो दिन पनि सुरुवाती समयमा भने नेप्सेले आइतबारकै लय देखाएको थियो । दुइ पटक पोजेटीभ सर्किट लागेको नेप्से अन्तिममा भने घटेर बन्द  भयो  । सोमबार बजार परिसूचक नेप्से  १४.०९ अंकले घटेर १४६४.९४अंकमा बन्द भयो । सोमबार नेप्सेमा दोस्रो पोजेटीभ सर्किट लाग्दा बजार बढेर १५५९ भन्दा माथि पुगेको थियो ।

तर सोहि दिन बजार घटेर १४६४ अंकमा बन्द भएको हो । साताको तेस्रो दिन मंगलबार पनि बजार परिसूचक नेप्से घट्ने क्रमले निरन्तरता पायो । मंगलबार बजार परिसूचक नेप्से १४.९९ अंकले घटेर १४४९.९५ अंकमा झर्यो ।

साताको पहिलो दिन पोजेटीभ सर्किट लागेपनि त्यससपछि साताको चौथो दिन बुधबार सम्म नेप्से आरालो लाग्ने क्रमले निरन्तरता पायो । बुधबार बजार परिसूचक नेप्से १७.५ अंकले घटेर १४३२.४५ अंकमा झर्यो । तर सातको अन्तिम दिन भने सेयर बजारमा पुन सुधार देखियो  । लगातार तीन दिन ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहिबार भने १०.१३ अंकले बढेर १४४२.६२ अंकमा बन्द भयो ।

साताभर नेप्सेमा १९७ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ५९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यो साता नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । साताभर कम्पनीको ६० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यो एनएमबी बैंकको ४८ करोड ८७ लाख, साता नेपाल लाइफ इन्स्योरेन्सको ४६ करोड १६ लाख, एनआइसी एशिया बैंकको ४२ करोड ३ लाख, हिमालयन डिस्टीलरीको ३३ करोड ३६ लाख, एनआइसी एशिया लघुवित्तको २८ करोड ७३ लाख, नबिल बैंकको २५ करोड ६३ लाख, शिखर इन्स्यारेन्सको १८ करोड ८३ लाख, नेको इन्स्यारेन्सको १६ करोड  ४७ लाख र एभरेष्ट बैंकको १६ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजार पुँजीकरणमा यो साता पनि नेपाल टेलिकमको अग्रता कायमै रहेको छ । कम्पनीको पुँजीकरण यो सातको अन्तिम दिनमा आउँदा ९८ अर्ब २५ करोड रहेको छ । त्यस्तै पुँजीकरणको आधारमा दोस्रोदेखि दशौंमा क्रमशः नबिल बैंकको ८५ अर्ब ७३ करोड, नेपाल लाइफको ७३ अर्ब ७६ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ६५ अर्ब ४० करोड, एभरेस्ट बैंकको ६४ अर्ब २९ करोड, एनएमबी बैंकको ६० अर्ब १३ करोड, एनआईसी एसिया बैंकको ५६ अर्ब २७ करोड, स्टान्डर्ड चाटर्ड बैंकको ५५ अर्ब १२ करोड, नेपाल पुनर्बिमा कम्पनी  ५४ अर्ब ५० करोड, र हिमालयन बैंकको ५३ अर्ब ६१ करोड रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij