नाग पञ्चमी पर्व आज मनाइँदै

नाग पञ्चमी पर्व आज मनाइँदै

हरेक साउन शुक्ल पञ्चमीका दिन पर्ने नाग पञ्चमी पर्व आज मनाइँदैछ ।

नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने प्रचलन छ । सधैंझै पुरोहितहरुले घरघरमा नागको तस्बिर टास्ने परम्परा छ ।

समाजमा नाग मात्र टाँगिदैन् सन्देशहरु पनि टागिन्छन् । भगवानका रुपमा नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गरिन्छ ।

नागको तस्बीर टास्दा तस्बीरसँगै सन्देश पनि टाँगिएका छन् । सन्देश सहित टागिएका नागको फोटो सूर्य भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । जहाँ लेखिएको छ ‘कोरोनाको त्रास भागोस,जीवन प्रति आश जागोस्, नेपालीजन सुखी रहुन नागहरुको आशीष लागोस् ।’

नागकाे तस्बीरकाे तल्लो भागमा लेखिएको छ ‘नेपालका नेता जनता देशभक्ता भइ बसुन् । लोभी लाल्ची राष्ट्रघातीलाई नागदेवताले डसून् ।’

प्रकाशित मिति : शनिबार, साउन १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij