बुटवल-बाणगंगा नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित दिपक सुनारका लागि आर्थिक अभाव भएका कारण उपचारमा कठिनाइ भएको परिवारले बताएका छन।
आर्थिक अबस्था निकै कमजोर भएकाले उपचारको निम्ती सबैलाइ सहयोग जुटाइदिन दिपकका बुवा गंगा सुनारले सबैमा अनुरोध गनुभएको छ ।
२१ बर्षिया सुनारको उपचार गर्दा गर्दै आर्थिक अभाव भएकोले घरमानै राख्न परेको आमा शाान्ता सुनारले बताउनुभयो ।
केही हप्ता अगाडी वैखरी अनलाइन मार्फत भिडियो सामाग्री प्रसारण भए पछि सुनारको उपचारका निमित्त स्वदेश तथा बिदेशमा रहेका शुभेच्छुकहरू बाट आर्थिक सहयोग संकलन समेत भएको छ ।
यसैबिच विश्वकर्मा युथ क्लवले पनि दिपक सुनारको उपचारको निम्ती सदस्यहरु बाट रु २० हजार २५ रुपैया सहयोग प्रदान गरिएको र आर्थिक संलनका लागि काम गरिरहेको क्लवका अध्यक्ष निर्मल बिश्वकर्माले बताउनुभयो ।
दिपक सुनार बिगत ५ महिना देखि हड्डी क्यान्सरले ग्रस्त अबस्थामा उहाँको उपचार गर्न आर्थिक अभाव भएकोले सहयोग गर्न चाहनुहुनेले ग्लोबल आइ. एम इ बैंक बनगाइ शाखा मा रहेको खाता न. ( ओ)७०७०१०००५८१७ जम्मा गरिदिनु होला खाता दिपक सुनार को आफ्नै आमा को नाम मा रहेको छ आमा को नाम शान्ता सुनार खाता न. (ओ)७०७०१०००5८१७
प्रकाशित मिति : शनिबार, साउन १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्