बागलुङ -बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरामा परेर दुई जना बेपत्ता छन् ।
शनिबारराति ८ बजेतिर खसेको पहिरोले एक्साभेटर, टिपर र ट्याक्टर पहिरोले पुरेको छ ।
बेपत्ता हुनेमा टिपर र ट्याक्टरका चालक छन् । टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएपछि उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले एक्साभेटर चालक भने सम्पर्कमा आएको जानकारी दिए ।
माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नम्बरको ट्याक्टर, ग १ ख ४६३७ नम्बरको टिपर र नम्बर नखुलेको एक्साभेटर पुरिएको हो ।
निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले उद्धारकालागि खटिएका नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीलाई निक्कै कठिन भइरहेको छ । रासस
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्