JanataToday.com

Advertisment

SKIP THIS

भारतमा संक्रमित संख्या १४ लाख नजिक

भारतमा संक्रमित संख्या १४ लाख नजिक

संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १४ लाख नजिक पुगेको छ ।

एकै दिन ४८ हजार चार सय ७४ संक्रमित थपिएसँगै भारतमा हालसम्म संक्रमित १३ लाख ८५ हजार चार सय ९४ पुगेको छ ।

यही अनुपातमा नयाँ बिरामी थपिँदै जाने हो भने भारतमा चाँडै संक्रमति संख्या १४ लाख नाघ्ने अनुमान गरिएको छ ।

कोरोनाका कारण ३२ हजार ९६ ले ज्यान गुमाइसकेका छन् ।

चार लाख ६७ हजार एक सय ६३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर रहेको वाल्डोमिटरले जनाएको छ ।

हालसम्म आठ लाख ८६ हजार दुई सय ३५ जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा ४३ लाख १२ हजार दुई सय ८८ संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार नौ सय ६१ नयाँ बिरामी थपिएका छन् ।

मृत्यु हुनेको सख्ंया एक लाख ५० हजार नजिक छ । एकै दिन आठ सय ५० जनाले ज्यान गुमाएपछि हालसम्म मृत्यु हुनेको संख्या एक लाख ४९ हजार तीन सय ४० पुगेको हो ।

एक लाख सात हजार दुई सय १७ जना उचाररत रहेकोमा १९ हजार २३ को अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन ४८ हजार दुई सय ३४ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म २३ लाख ९६ हजार चार सय ३४ बिरामी पुगेका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय ११ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या ८६ हजार चार सय ९६ पुगेको छ ।

छ लाख ९२ हजार चार सय ५८ जना उपचार रहेकोमा आठ हजार तीन सय १८ को अवस्था गम्भीर रहेको वाल्डोमिटरले जनाएको छ ।

विश्वमा हालसम्म कोरोनाबाट बिरामी हुनेको संख्या एक करोड ६१ लाख ८५ हजार तीन सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार आठ सय ७१ नयाँ बिरामी थपिएका छन् ।

एकै दिन पाँच हजार छ सय ६० जनाको मृत्यु भएसँगै विश्वमा कोरोना कारण ज्यान गुमाउनेको संख्या छ लाख ४७ हजार पाँच सय १५ पुगेको छ ।

९९ लाख पाँच सय ७६ जना उपचारपछि निको भएका छन् । ५६ लाख ३७ हजार दुई सय २५ जना उपचाररत रहेकोमा ६६ हजार दुई सय छ जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : आइतबार, साउन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij