भारतमा संक्रमित संख्या १४ लाख नजिक

भारतमा संक्रमित संख्या १४ लाख नजिक

संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १४ लाख नजिक पुगेको छ ।

एकै दिन ४८ हजार चार सय ७४ संक्रमित थपिएसँगै भारतमा हालसम्म संक्रमित १३ लाख ८५ हजार चार सय ९४ पुगेको छ ।

यही अनुपातमा नयाँ बिरामी थपिँदै जाने हो भने भारतमा चाँडै संक्रमति संख्या १४ लाख नाघ्ने अनुमान गरिएको छ ।

कोरोनाका कारण ३२ हजार ९६ ले ज्यान गुमाइसकेका छन् ।

चार लाख ६७ हजार एक सय ६३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर रहेको वाल्डोमिटरले जनाएको छ ।

हालसम्म आठ लाख ८६ हजार दुई सय ३५ जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा ४३ लाख १२ हजार दुई सय ८८ संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार नौ सय ६१ नयाँ बिरामी थपिएका छन् ।

मृत्यु हुनेको सख्ंया एक लाख ५० हजार नजिक छ । एकै दिन आठ सय ५० जनाले ज्यान गुमाएपछि हालसम्म मृत्यु हुनेको संख्या एक लाख ४९ हजार तीन सय ४० पुगेको हो ।

एक लाख सात हजार दुई सय १७ जना उचाररत रहेकोमा १९ हजार २३ को अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन ४८ हजार दुई सय ३४ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म २३ लाख ९६ हजार चार सय ३४ बिरामी पुगेका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय ११ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या ८६ हजार चार सय ९६ पुगेको छ ।

छ लाख ९२ हजार चार सय ५८ जना उपचार रहेकोमा आठ हजार तीन सय १८ को अवस्था गम्भीर रहेको वाल्डोमिटरले जनाएको छ ।

विश्वमा हालसम्म कोरोनाबाट बिरामी हुनेको संख्या एक करोड ६१ लाख ८५ हजार तीन सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार आठ सय ७१ नयाँ बिरामी थपिएका छन् ।

एकै दिन पाँच हजार छ सय ६० जनाको मृत्यु भएसँगै विश्वमा कोरोना कारण ज्यान गुमाउनेको संख्या छ लाख ४७ हजार पाँच सय १५ पुगेको छ ।

९९ लाख पाँच सय ७६ जना उपचारपछि निको भएका छन् । ५६ लाख ३७ हजार दुई सय २५ जना उपचाररत रहेकोमा ६६ हजार दुई सय छ जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : आइतबार, साउन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij